जापानमा अध्ययनका लागि जाँदा खासगरी नेपाली बिद्यार्थीहरुले दुइ किसिमको भिषा आवेदन गर्न सक्नेछन् ।
१. प्रि कलेज भिषा २. कलेज भिषा अर्थात विद्यार्थी भिषा
यी दुबै स्तरको भिषाको आ-आफ्नै विशेषता हुन्छन । जस्तै प्रि कलेज भिषा कम्तिमा ६ ( भाषा अध्यनार्थ वढिमा दुइ बर्षमात्र भिषा पाइन्छ) महिना र बढीमा एक वर्षको हुन्छ भने कलेज भिषा कम्तीमा एक वर्ष र बढीमा दुइ वर्षकै हुन्छ । तर नेपालवाट जुनसुकै भिषा जतिसुकै अवधिका लागि पाएर जापान गएपनि आफुले अध्ययन गरुन्जेल भिषा थपिदै जाने कुरामा कुनै समस्या हुँदैन् ।
जापानमा एकपटक भिषा थप्दा हालको नियम अनुसार विद्यार्थी स्वयंले चारहजार ऐन( करिव २५ सय रुपैयाँ) भुक्तानी गर्नु पर्दछ । एसएलसीमात्र उतीर्ण गर्नेले आवेदन गर्ने भिषाको स्तरचाही विद्यार्थी/ कलेज भिषामात्र हुन्छ । अन्यको हकमा प्रि कलेज/ कलेज दुवै हुनसक्छ ।
कुनैपनि विदेशी विद्यार्थीले जापानमा भाषा अध्ययन गर्नका लागि जुनसुकै स्तरको भिषा भएपनि बढीमा दुइ वर्षसम्ममात्र अध्ययन गर्न पाउने प्रावधान छ । त्यसपछि ब्यवसायीक कलेज वा विश्वविद्यालयमा प्रवेश गर्नुपर्ने हुन्छ । वा भिसास्तर(status) परिवर्तन गर्नुपर्ने हुन्छ ।