You might have already known that Japanese houses are smaller. Due to fast increase in population house rental in Japan is also expensive. Though you can even rent private property in Japan these houses become very expensive for students.
Therefore, living in hostel becomes comparatively easier and less expensive. Depending upon location, facility and several other considerations, a Nepalese student will have to pay from 25 thousand to 40 thousand yen per month. Compared to house rent fooding and casual expenses are a bit easier. Generally, a Nepalese student living in and around Tokyo will have to spend 70-90 thousand yen in a month.
|
जापानका घरहरु साँघुरा हुन्छन भन्नेकुरा तपाइलाइ पनि थाहा छ होला । जनसङख्याको तिब्र चापका कारणपनि जापानमा घरभाडा महंगो छ । आफैले निजी घरहरु भाडामा लिन पनि सकिन्छ । तर त्यस्ता घरहरु विद्यार्थीका लागि अत्यन्त महंगो पर्दछ । त्यसकारण स्कुल कलेजका आफ्नै छात्रावास तुलनात्मक रुपमा सस्तो र सरल हुन्छन् । ठाउँ सुविधा र अन्य विभिन्न कुरा हेरेर जापानमा एक जना नेपाली विद्यार्थीले कम्तिमा २५ हजार ऐन प्रतिमहिना देखि बढीमा ४० हजार ऐनसम्म घरभाडा तिर्नुपर्ने हुन्छ । जापानमा घर भाडाको तुलनामा खाना खर्च र भैपरी आउने खर्च अलि सरल नै हुन्छ । सामान्यतया एकजना नेपाली विद्यार्थीले विशेषगरि टोक्यो वा टोक्यो वरीपरि ७० हजार देखि ९० हजार ऐनसम्म खर्च गर्नुपर्ने हुन्छ ।
|