नेपालीहरुले ध्यान दिनुपर्ने कुराहरु
जापानमा नेपाली विद्यार्थीहरुका लागि विविध हिसावले नौलो र फरकखालको मुलुक हो । भौतिक सुविधाका हिसावले विकाशको चरम चुलीमा रहेका जापानीहरु आफ्नो सभ्यता, संस्कृति र परम्परापनि त्यतिकै महत्वका साथ पालना गर्छन् ।
खासगरी नेपाली विद्यार्थीले जापान अध्ययनका लागि जाने भनेको प्रारम्भका एक/दुइ बर्ष भाषा अध्ययनकै लागि हो । त्यसपछिमात्र आआफ्नो विषयमा स्नातक वा स्नातकोत्तर वा ब्यवासायीक कलेजहरुमा प्रवेश गर्न सकिन्छ । त्यसकारण भाषा अध्ययनको अवधिभर खासगरी नेपालजस्ता गैरखान्जी (खान्जी भन्नाले जापान, चीन र कोरियाको आधिकारीक भाषा) मुलुकका विद्यार्थीहरुले विशेष किसिमवाट अध्ययनमा मेहनत र परिश्रम गर्नुपर्ने हुन्छ ।
सामान्यतया आफ्नो अध्ययन पश्चात जापानमा रोजगारीको अवसर चाहाने नेपाली विद्यार्थीहरुले विश्वविद्यालय वा ब्यवसायीक कलेज अध्ययन गर्दा प्राविधिक विषयमा वा इन्जिनियरिङ समुहमा अध्ययन गर्नु राम्रो हुन्छ । नेपालमा फर्केर वा जापानमै वसेर कुनै ब्यापार ब्यवसाय गर्न चाहाने ब्यवस्थापन वा अर्थसास्त्रको अध्ययन गर्नुपनि राम्रो होला । यी वाहेकपनि हामी नेपाली र हाम्रो नेपाललाई काम लाग्ने खालको अध्ययनका विषय जापानमा प्रसस्त छन् । आफ्नो इच्छा र योजना एवं योग्यता अनुसार तपाइले जुनसुकै विषयमा पनि अध्ययन गर्न सक्नुहुनेछ । नेपालमा अध्ययन गरेकै विषयमा जापानमा उच्चशिक्षा अध्ययन गर्नुपर्छ भन्ने वाध्यात्मक प्रावधान जापानी शिक्षा प्रणालीमा सामान्यतया छैन् ।
अध्ययनका लागि लाग्ने खर्च
छोटकरीमा भन्नुपर्दा जापानमा एक बर्ष भाषा अध्ययनका लागि कम्तीमा पाँच लाख असी हजार ऐनदेखि बढीमा दशलाख ऐनसम्म पर्दछ । यो रकम एक वर्षका लागि स्कुल कलेजको शुल्कमात्र हो ।